Nic Ad Nic Ad
Nic Ad Nic Ad

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ

आइतबार, साउन २७, २०८१

काठमाडौँ-भरुवा बन्दुकसहित झापामा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका-४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र सोही ठाउँका २१ वर्षीय निखिल तामाङ छन् ।यो समूहले गत शुक्रबार राति १० बजेतिर अर्जुनधारा नगरपालिका-७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरेको आरोप छ ।

चोरी पछि फरार रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले शनिबार राति साढे १० बजे पक्राउ गरेको हो ।

तामाङको घरमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक र खुकुरी बरामद गरिएको हो । भरुवा बन्दुक र खुकुरी उनीहरूले चोरी गर्दा प्रयोग गरेको पाइएको झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्