Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी स्थायी समितिमा कठोर प्रस्तावः पार्टी भङ्ग गरी नेतृत्व हस्तान्तरणलाई नयाँ महाधिवेशन

आइतबार, साउन २७, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा कठोर प्रस्ताव अगाडि सारिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै चकित हुनेगरीको प्रस्ताव उपमहासचिव जनार्दन शर्माले राखेका छन्। 

साउन २५ गतेदेखि जारी स्थायी समितिको बैठकमा शर्माले प्रत्यक्ष निर्वाचनबाट नयाँ अध्यक्ष चुन्नेगरी पार्टी भङ्ग गरी प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक कमिटीको प्रस्ताव गरेका हुन्। 

पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार भन्ने अवधारणा पत्र पेस गर्दै शर्माले तेस्रो पुस्तालाई पार्टीको नेतृत्वका लागि मार्ग प्रशस्त गर्नका लागि प्रस्ताव गरेका हुन्। 

पदाधिकारीलाई सम्मान र नयाँ पुस्तालाई नेतृत्वको अवधारणामा पार्टी गए मात्र साख बाँच्ने उनको तर्क छ। नयाँ परिस्थितिअनुसार रुपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिवृद्धि गर्न जरुरी रहेको शर्माले जनाएका छन्।

शर्मा तिनै नेता हुन् जसले केन्द्रीय समितिको बैठकमा पनि प्रचण्डका गतिविधिको विषयमा आलोचना गरेका थिए। उनले नेतृत्वमा परिवारवाद हावी भएको भन्ने आरोप समेत लगाएका थिए। 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्