Nic Ad Nic Ad
Nic Ad Nic Ad

रेसुंगा क्याम्पसमा स्नातक पढ्नेलाई नगरपालिकाले भर्ना गरिदिने

आइतबार, साउन २७, २०८१

काठमाडौँ- गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घासको रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक पढ्न चाहने विद्यार्थीको भर्ना गरिदिने भएको छ ।

उक्त क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना हुन चाहनेको शुल्क तिरिदिने नगरपालिकाले जनाएको छ । क्याम्पसमा विद्यार्थी संख्या वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले भर्ना शुल्क तिरिदिन लागेको हो । क्याम्पसले स्नातक प्रथम वर्षको भर्ना शुल्क ६ हजार १५० रुपैयाँ तोकेको छ । नगरपालिकाले यस वर्ष ३०० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको नगरपालिकाको भनाई छ ।

नगरपालिकाले यसअघि क्याम्पस आर्थिक संकटमा परेको भन्दै १ करोड रुपैयाँ सहयोग गरेको थियो । सदरमुकाम तम्घासमा समुदायबाट सञ्चालित क्याम्पसमा पछिल्लो समय विद्यार्थी भर्ना हुने दर घट्दै गएको छ ।

हाल रेसुङ्गा बहुमुखी क्याम्पसमा विभिन्न तहमा ७७९ जना विद्यार्थी अध्ययनरत छन् ।

स्नातक तह र स्नातकोत्तर तह अध्यापन गराउँदै आएको क्याम्पसमा पढ्न मासिक शुल्क ९५० रुपैयाँ लाग्ने क्याम्पसले जनाएको छ ।

रेसुङ्गा नगरपालिकाले एसईईमा ३ दशमलव २ जीपीए ल्याएर उत्तीर्ण गरेर नगरपालिका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि मासिक १ हजार रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्