Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ता छन् ‘प्रचण्ड’लाई जनार्दनले दिएका सुझाव (पूर्णपाठ)

आइतबार, साउन २७, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको नेतृत्व छाड्न सुझाव दिएका छन् ।

स्थायी कमिटीको जारी बैठकमा उनले पेस गरेको लिखित प्रस्तावमा ‘प्रचण्ड’लाई राजकीय सत्ताको नेतृत्व गर्ने मौका दिइरहने भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका हुन् । २०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका ‘प्रचण्ड’लाई औपचारिक रूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेस भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।

शर्माले ‘प्रचण्ड’माथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्