Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस केन्द्रीय समिति बैठकः शेखरलाई बीचैमा रोकेर देउवाले फर्काए यस्तो जवाफ

आइतबार, साउन २७, २०८१

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा रोचक प्रश्नोत्तर र छलफल हुने गरेको छ। 

नेता डा. शेखर कोइरालाले बैठकमा पार्टीको १५औं महाधिवेशन तोकिएको मितिमा नहुन सक्ने जिकिर गरेका थिए। 

उनले महाधिवेशन सर्छ कि सर्दैन भन्ने प्रसङ्गमा बोलिरहेका बेला सभापति शेरबहादुर देउवाले बीचैमा रोकेर भने,‘समयमा नै हुन्छ। सबै मिलेर सम्पन्न गर्नतिर लागौं।’

कांग्रेसको १५औं महाधिवेशन ०८२ को मंसिरभित्र गरिसक्नुपर्छ। यसअघि नियमित समयमा महाधिवेशन नभएका कारण कोइरालाको प्रश्न जायज भएको सहभागी एक केन्द्रीय सदस्यले बताए। 

यता महामन्त्री गगन थापाले पनि तोकिएको मितिमा नै महाधिवेशन सक्नेगरीको परिमार्जित प्रस्तावलाई बैठकमा सुनाएका थिए।
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्