Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री ओलीसँग हुनेछ भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

आइतबार, साउन २७, २०८१

काठमाडौं– उच्चस्तरीय नियमित भेटवार्ताको संज्ञा दिइएको भारतीय विदेश सचिव बिक्रम मिस्रीको कुनै बैठक र सम्झौताको कार्यक्रम नरहेको नेपाल भ्रमणमा केही शिष्टाचार भेटवार्ता हुने विवरण सतहमा आएका छन्।

गत महिना मात्र भारतीय विदेश सचिवका रुपमा नियुक्त उनको यो दोस्रो विदेश भ्रमण हो। छिमेक पहिलो नीतिअन्तर्गत मिस्री नियुक्त हुनासाथ भुटानको भ्रमणमा गएका थिए। 

समकक्षी परराष्ट्र सचिव सेवा लम्सालको निम्तोमा आइतबार काठमाडौं आएका मिस्रीले परराष्ट्रमन्त्री आरजु राणा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ। 

यसबाहेक उनले नेपालमा रहँदा को–कोसँग भेट गर्नेछन् भन्ने विवरण प्राप्त भइसकेको छैन। 

नेपालमा राजदूतसमेत भइसकेका भारतीय विदेश सचिवको पदबाट सेवा निवृत्त भएका बिनयमोहन क्वात्रापछि मिस्री उक्त स्थानमा नियुक्त भएका थिए। 

उनको यो अचानकको भ्रमणलाई राजनीतिक र कुटनीतिक रुपमा पनि महत्वका साथ हेरिएको छ। छिमेकी बंगलादेशमा राजनीतिक अस्थिरता रहेका बेला उनको काठमाडौं आगमनलाई अनेक अर्थमा बुझ्न थालिएको छ। 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्