Nic Ad Nic Ad
Nic Ad Nic Ad

कलाकारसहित ११ जना जुवाडे पक्राउ

आइतबार, साउन २७, २०८१

काठमाडौँ- एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाइ प्रोफाइल जुवाडे पक्राउ परेका छन् । 

गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीर बहादुर राई र कलाकार पुरुषोत्तम शर्मासहित ११ जना छन् । शर्मा टेलिसिरियल ‘सक्किगो नि’ का कलाकार हुन् ।

प्रहरीले जुवा खालबाट १ लाख नगद बरामद गरेको छ । शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने जिल्ला प्रहरी परिसरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्