Nic Ad Nic Ad
Nic Ad Nic Ad

विज्ञ टोलीले श्रम मन्त्रालयलाई बुझायो श्रम आप्रवासन नीतिको मस्यौदा

आइतबार, साउन २७, २०८१

काठमाडौँ- विज्ञ टोलीले तयार गरेको श्रम आप्रवासन नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बुझाएको छ ।

श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिहं भण्डारीलाई बुझाएको हो । मस्यौदामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषयहरू समेटिएको छ । विज्ञ टोलीले तयार गरेको उक्त मयौस्दा अब मन्त्रालयले हेर्नेछ ।

सुरक्षामन्त्री शरतसिहं भण्डारीले बद्लिँदो परिवेशमा बद्लिँदो श्रम आप्रवासनका मुद्दालाई सम्बोधन गर्ने विश्वास व्यस्त गरे ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्