Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना सार्वजनिक (पुर्णपाठ)

आइतबार, साउन २७, २०८१

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरू र गर्ने कार्यक्रमहरूका विषयहरू सार्वजनिक गरेका हुन् ।मन्त्री पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरू र १६ औँ योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेको बताएका छन् ।

कार्ययोजना तयार पार्नुअघि मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्दै सुझाव संकलन गरेको बताए । उनले पूर्व स्वास्थ्यमन्त्रीहरु, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशकहरू, पूर्व महाशाखा प्रमुखहरू, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र नियकाहरुका प्रतिनीदहरू, बहालवाला कर्मचारीहरू, अस्पताल निर्देशकहरू, सञ्चारकर्मीहरू, निजी क्षेत्र तथा विकास साझेदार सहित स्वास्थ्य क्षेत्रका विज्ञ र अनुसन्धानदाताहरूसँग छलफल गर्दै सुझावहरूलाई समेटेर कार्ययोजना बनाएको जानकारी दिए ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेको र त्यहाँबाट प्राप्त सुझावहरूलाई समेत समेटेको बताए ।

पुर्णपाठ :

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्