Nic Ad Nic Ad
Nic Ad Nic Ad

हामीले सुरु गरेको सुशासनका कार्यक्रमबाट सरकार पछि हट्ने देखियो : प्रवक्ता सापकोटा

आइतबार, साउन २७, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व निर्माणका विषयमा बहस चलेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकमा नेतृत्व विकास गर्ने विषयमा सैद्धान्तिक बहस चलेको प्रवक्ता अग्नि सापकोटाले बताए । सिद्धान्त, बिचार, नीतिमा राम्रो तयारी गरी नेतृत्व निर्माण गर्नुपर्नेमा छलफल चलेको उनले बताए । उनले स्थायी कमिटीमा चलेको बहसले केन्द्रीय कमिटीमा पनि निरन्तरता पाउने जानकारी दिए ।


केही दिन यता जारी स्थायी कमिटी बैठकमा स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्नेमा सदस्यहरूले जोड दिएको उनले बताए ।

त्यस्तै जनताका समस्या र मुद्दाहरूमा केन्द्रित भएर जनपरिचालन कार्यक्रम ल्याउनुपर्ने, नयाँ कार्यनीतिको विकास गर्नुपर्ने धारणा आएको प्रवक्ता सापकोटाले जानकारी दिए ।


माओवादी सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशासनका कार्यक्रमहरूबाट सरकार पछि हट्ने देखिएकाले खबरदारी गर्नुपर्ने धारणाहरू समेत आएको उनको भनाइ छ ।

आइतबार माओवादी स्थायी कमिटी बैठकमा १४ जना धारणा राखेका थिए । जसमध्ये अधिकांशले  वैज्ञानिक मापदण्ड बनाएर पार्टीभित्रको मूल्याङ्कनलाइ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्