Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्य सम्पादन सम्झौता

आइतबार, साउन २७, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ । 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा-छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो ।कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरू, लक्ष्यहरू र समयसीमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री पौडेलले कार्य सम्पादन सम्झौता मूल्यांकनको महत्त्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिवहरू र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरो रूपमा उत्रिने विश्वास व्यक्त गरे ।

अर्थ सचिव डा. घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामजस्यता कायम गरी सम्झौतामा उल्लेखित  क्रियाकलापहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्