Nic Ad Nic Ad
Nic Ad Nic Ad

अध्यक्ष प्रचण्ड र भारतीय विदेश सचिवबीच भेटवार्ता

आइतबार, साउन २७, २०८१

काठमाडौं- मा‌‌ओवादी केन्द्रमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) समक्ष  नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो भ्रमणको क्रममा मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।


विदेश सचिव मिस्री दुई दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन्  । उनी भोलि साउन २८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 


 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्