Nic Ad Nic Ad
Nic Ad Nic Ad

सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता

आइतबार, साउन २७, २०८१

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आएका मिस्रीले आइतबार देउवा निवास बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । दुई देशबीचको आपसी सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ ।


यसअघि मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए ।


परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए । विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । उनी भोलि साउन २८ गते स्वदेश फर्किने कार्यक्रम छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्