Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी

सोमबार, साउन २८, २०८१

विराटनगर - कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजनाको तयारी भइरहेको बताएका छन् । 

संसदीय पत्रकार मञ्च कोशी प्रदेशमा आबद्ध पत्रकारसँग आज मुख्यमन्त्री कार्यालयको सभाहलमा भएको भेटघाटमा उनले उक्त सम्मेलनले निर्यात बढाउन र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले विसं २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने सरकारको योजनालाई मूर्तरूप दिन अहिलेदेखि नै आवश्यक तयारी भइरहेको पनि जानकारी दिए । 

मुख्यमन्त्री कार्कीले भने, “कोशी प्रदेश सरकार विस्तार गर्ने क्रममा छु र सकेसम्म नौ वटा मन्त्रालयभन्दा बढी नबनाउने सोचसहित नेपाली काँग्रेस पनि सरकारमा सहभागी हुन्छ ।”

उनले संसद्को अधिवेशन सुरु भएपछि छ/सात वटा ऐन संशोधनका तयारी भइरहेको बताए । त्यस अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०६:२७
प्रतिक्रिया दिनुहोस्