Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

सोमबार, साउन २८, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।

samridhi jewllers

शुक्रबारदेखि जारी बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा नेताहरुले आआफ्नो धारणा राख्ने क्रम जारी छ ।


आइतबार बोल्ने अधिकांश नेताले अध्यक्ष दाहालको आलोचना गर्दै पार्टी सञ्चालनको सही विधि प्रणाली बनाउन जोड दिएका छन् ।

पार्टी उपमहासचिव जनार्दन शर्माले पछिल्ला राजनीतिक घटनाक्रममा अध्यक्ष दाहाल जिम्मेवार रहेको इंगित गर्दै पार्टी नेतृत्व हस्तान्तरणका लागि लिखित रूपमै तीन विकल्प दिएका छन् ।


अर्का उपमहासचिव वर्षमान पुनले अध्यक्ष दाहालले साढे तीन दशकभन्दा बढी पार्टीको नेतृत्व गरिसकेकाले अगाामी दिनमा नेतृत्वको कार्यकाल पनि तोक्नुपर्ने धारणा राखेका थिए ।

स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक राखेर जनतामा जाने माओवादीको योजना छ ।

 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार