Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी स्थायी समिति बैठकको समय सर्‍यो

सोमबार, साउन २८, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्र स्थायी समिति बैठकको समय सरेको छ । आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको हो ।

केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले नेताहरूको कार्यव्यस्तताका कारण बैठकको समय २ बजेलाई सारिएको जानकारी दिए । शुक्रबारदेखि सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावमाथि नेताहरूले चर्को बहस गरेका छन् । खासगरी पार्टीको नीति र नेतृत्वको सम्बन्धमा जनार्दन शर्मा, वर्षमान पुन, राम कार्की लगायत नेताहरूले प्रश्न उठाएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्