Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेटौँडा उपमहानगरविरुद्ध व्यवसायीद्वारा आन्दोलन घोषणा

सोमबार, साउन २८, २०८१

काठमाडौँ- हेटौँडा उपमहानगरपालिका ले करको दायरा वृद्धि गरेपछि मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । संघले पहिलो चरणमा पाँच दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

उपमहानगरपालिकाको गत असार ७ को १५ औँ नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को लागि बहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व बढाएको छ । अहिलेको आर्थिक मन्दीको जटिल अवस्थामा स्थानीय सरकारले व्यवसायीलाई राहतको प्याकेज ल्याउनुको सट्टा करको दर बढाएर व्यावसायिक प्रतिष्ठानलाई पलायनको बाटो देखाएको भन्दै संघले लिखित अल्टिमेटम दिएको थियो । तर, उपमहानगरले आफ्ना मागमा बेवास्ता गरेको भन्दै संघले ५ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघले नगर सरकार खोज्दै मैनबत्ती जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको अध्यक्ष कृष्ण गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्