Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा संसदीय दलको बैठक भोलि बिहान सिंहदरवारमा बस्ने

सोमबार, साउन २८, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भोलि बस्ने भएको छ । मंगलवार बिहान १०ः३० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू बारे छलफल हुने छ ।  यसै गरी कानून, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको बारे पनि बैठकमा छलफल हुन लागेको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्