भोलिदेखि १८ राजदूतको सुनुवाइ सुरु हुँदै
काठमाडौँ-१८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि (मङ्गलवार) देखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको हने ।
सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिस भएका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवारदेखि सुरु हुने सुनुवाइ समितिले जनाएको छ। बैठक नयाँ बानेश्वरस्थित सघीय संसद् भवन रहेको संकर हलमा १२ः १५ मा सुरु हुने संसद् सचिवालयले जनाएको छ। बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ। सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरू नियुक्ति हुनेछन् ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ १५:२२
प्रतिक्रिया दिनुहोस्