संसदीय विशेष समितिले सुमेरु सहकारीका राजबहादुर सिंहसँग लियो बयान
काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्था पुलचोकका शेयर सदस्य राजबहादुर सिंहसँग बयान लिएको छ ।
समिति सभापति सूर्य थापाका अनुसार सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएका छन् । यही लक्ष्य अनुसार सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको सिंहले जानकारी गराएका छन् ।
राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ हुन् । बयानका क्रममा उनले आफूले पहिलो पटक यस्तो बयान दिएको पनि बताएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ १६:२८
प्रतिक्रिया दिनुहोस्