Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीआरसी विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिँदै

सोमबार, साउन २८, २०८१

काठमाडौं- शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्नेगरी तयार भएको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक दफाबार छलफलपश्चात् प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिने भएको छ । विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुनेछ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ कानुन, न्याय तथा मानवअधिकार समितिमा दफाबार छलफल भएको थियो । लामो समयको रस्साकस्सीपश्चात् साउन २४ गते बिहीबार समितिबाट प्रतिवेदनसहित पास भएको थियो ।

सोही विधेयकलाई मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

१० वर्षे माओवादी युद्ध र त्यसपश्चात् भएको शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाको कामलाई फत्ते गर्न यो विधेयक ल्याइएको हो ।

 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्