Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन दिनदेखि बागमतीका सवारी कार्यालयको सेवा ठप्प

सोमबार, साउन २८, २०८१

काठमाडौँ- तीन दिनदेखि बागमती प्रदेशका सवारी कार्यालयहरूको सेवा ठप्प भएको छ ।

गत बुधबार र बिहीबार सर्भर डाउन भएको भन्दै केही सेवा प्रभावित भएको थियो । शुक्रबार, आइतबार र सोमबार भने सेवा ठप्प नै भएको छ । अधिकारीहरूका अनुसार बागमती प्रदेशको भेहिकल रजिस्ट्रेसन सिस्टम (बीपी-भीआरएस) प्रणाली ठप्प छ । सोमबार दिउँसो ३ बजेपछि प्रणाली सञ्चालनमा आए पनि अझै पूर्ण रूपमा सर्भर चुस्त रूपमा नचलेको कर्मचारीहरूले बताएका छन् । 

स्रोतका अनुसार रािष्ट्रय सूचना प्रविधि केन्द्रमा रहेको बीपी-भीआरएसको प्रणालीमा समस्या देखिएपछि अनलाइन प्रणाली अवरुद्ध भएको हो । यसले गर्दा अनलाइन प्रणाली प्रयोग गरेर हुने सबै सेवा बन्द भएको हो ।

बागमती प्रदेशभित्रका साना ठूला सवारी कार्यालय एकान्तकुना ललितपुर, यातायात व्यवस्था कार्यालय मोटरसाइकल-गुर्जुधारा काठमाडौँ, यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी भक्तपुर र सानोभर्‍याङ काठमाडौँबाट सेवा लिनेहरू मर्कामा परेका छन् ।

यस्तै यातायात व्यवस्था सेवा कार्यालय काभ्रे, खुर्कोट सिन्धुली र हेटौँडा मकवानपुरबाट दिइने सवारीसम्बद्ध सेवा पनि ठप्प भएको हो । कार्यालयहरू खुले पनि सेवा बन्द भएको सूचना टाँसेर सेवाग्राहीलाई गेटबाटै फर्काइएको छ ।

यसले गर्दा सबैभन्दा धेरै सवारीको कर तिर्न गएका सेवाग्राही मर्कामा परेका छन् । यस्तै सवारी दर्ता, नामसारी, रुट इजाजत, पटके इजाजतजस्ता सेवा समेत प्रभावित भएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्