Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वदेश फर्किए भारतीय विदेश सचिव मिस्री

सोमबार, साउन २८, २०८१

काठमाडौँ- नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश सचिव विक्रम मिस्री स्वदेश फर्किएका छन् । आइतबार बिहान नेपाल आएका भारतीय विदेश सचिव मिस्री सोमबार साँझ स्वदेश फर्किएका हुन् ।  

नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

यस्तै सोमबार भारतीय विदेश सचिव मिस्रीले सोमबार आफ्नो समकक्षी परराष्ट्र सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा उनीहरूबिच भारत र नेपालबिचको बहुआयामिक सहकार्यका विभिन्न पक्षमा छलफल भएको थियो । 

दुवै सचिवले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरूबारे छलफल गरेका थिए । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्