Nic Ad Nic Ad
Nic Ad Nic Ad

डोटीमा भालुको आक्रमणबाट एक जना घाइते

सोमबार, साउन २८, २०८१

डोटी - डोटीमा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् । 

जिल्लाको आदर्श गाउँपालिका वडा नं. ४ रोडिंगका १७ वर्षीय विष्णु बोहरा घाइते भएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए ।

उनलाई  गाउँ नजिकको आफ्नो खेत नजिक बाख्रा चराइरहेको अवस्थामा भालुले  दिउँसो ३ बजे आक्रमण गरेको थियो ।

घाइते बोहराको डोटीमा उपचार सम्भव नभए पछि स्थानीय जीडी पोलिक्लिनिकमा प्राथमिक उपचार गरी धनगढी रिफर गरिएको प्रहरी चौकी मौवाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्