Nic Ad Nic Ad
Nic Ad Nic Ad

विषाक्त खाना खाँदा बारामा एकै परिवारका ३ जनाको मृत्यु

मंगलबार, साउन २९, २०८१

काठमाडौं - बाराको सिम्रौनगढमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । विषाक्त खाना (फूड प्वाइजन)को कारण सिम्रौनगढ नगरपालिका– ७ झवानी टोल निवासी नरेश रामका तीन जना छोराछोरी ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन रामको मृत्यु भएको हो ।


घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरु शनिबार राति सिकिस्त बिरामी भएका थिए ।
बिरामी भएपछि अस्पताल लगिएका उनीहरुको सोमबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीका अनुसार चिकित्सकहरुले उनीहरुको मृत्यु फुड प्वाइजनबाट भएको बताएका छन् । खाना खाएपछि पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएपछि बालबालिकालाई अभिभावकले अस्पताल पुर्याएका थिए ।

परिवारका सबै सदस्यले माछासहितको खाना खाए पनि अभिभावक भने बिरामी नपरेका डीएसपी सापकोटाले बताए ।
मृतक तीनैजना बालबालिकाको शव पोष्टमार्टमपछि अभिभावकलाई जिम्मा लगाइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्