Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेस सरकारका ८ राज्यमन्त्री बर्खास्त

मंगलबार, साउन २९, २०८१

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका गरेका छन् ।

जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्री हटाएका हुन् । उनले सरकारमा सहभागी दलहरुको सल्लाअनुसार राज्यमन्त्रीहरुलाई हटाएको बताए ।

मुख्यमन्त्री सिंहले यही साउन २० गते रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको गरेका थिए । यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

मधेश प्रदेशमा अब मुख्यमन्त्रीसहित १२ मन्त्री रहने छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्