Nic Ad Nic Ad
Nic Ad Nic Ad

जलनसम्बन्धी विधेयक दर्ता गराउँदै रास्वपा

मंगलबार, साउन २९, २०८१

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने बताएको छ । 

आज बसेको संसदीय दलको बैठकले विधेयक दर्ता गर्ने तयारी गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए । 

उनका अनुसार जलनसम्बन्धी विधेयक दर्ता गराउने अन्तिम तयारीमा रास्वपा छ । 

परियारले भने, ‘हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयक दर्ता गराउने तयारी गरेका छौँ । छलफल हुँदै छ सम्भवतः आज नै दर्ता गछौं।’

 

प्रतिनिधिसभामा आज पेस हुन लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको रास्वपाले समर्थन गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्