Nic Ad Nic Ad
Nic Ad Nic Ad

पटक-पटक भइरहेको हवाई दुर्घटनाबारे सरकार गम्भीर बनोस् : सोविता गौतम

मंगलबार, साउन २९, २०८१

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले पटक-पटक हुँदै आएका हवाई दुर्घटनाका बारेमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेसँग समय माग गरेर बोल्ने क्रममा उनले हवाई दुर्घटनाका बारेमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।   

‘नेपाली जनताको मृत्यु भनेको सरकारको सत्ताको खेलखेलमा आहुती दिने विषय होइन,’ सांसद गौतमले भनिन्, ‘पटक पटक हवाई दुर्घटना जुन भइरहेको छ यसको बारेमा सरकार गम्भीर बनोस् ।’

उनले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउन पनि यथाशक्य पहल गर्नसमेत माग गरिन् ।

 ‘सरकारले गम्भीरतापूर्वक यसलाई नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउन छिटोभन्दा छिटो पाइला चालोस्,’ गौतमले भनिन् ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्