Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिजुली जोड्न जस्तै उद्योगको बक्यौता उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिऊन् : हरि ढकाल

मंगलबार, साउन २९, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उद्योगहरूबाट बिजुलीको अर्बौँ बक्यौता उठाउने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका खोजेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको तनावपूर्ण बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्योगीहरूको बिजुलीको लाइन जोड्न निर्देशन दिएजस्तै महशुल उठाउन प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने बताएका छन् ।

उनले प्रतिपक्षीको आवाज कमजोर नभएको भन्दै भ्रष्टाचारबिरोधी महाअभियानमा रास्वपाले निरन्तर आवाज उठाउने पनि बताएका छन् ।

यसअघि ढकालले बोल्दा बोल्दै सभामुख घिमिरेले माइक काटिदिएका थिए। करिब २० मिनेटको गलफत्तीपछि पुन: सांसद ढकालले आफ्ना कुरा राखेका हुन् । अहिले प्रतिनिधिसभा बैठक सहज रुपमा अघि बढेको छ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्