Nic Ad Nic Ad
Nic Ad Nic Ad

सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्रीको घोषणा

मंगलबार, साउन २९, २०८१

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् ।

samridhi jewllers

विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद  धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरूलाई  आज सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अङ्गदान केन्द्र स्थापनाको विषय समेटिएको बताए। 

‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्’, उनले भने, ‘त्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।’

भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पौडेलले अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए। 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार