Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा उत्पादित दूधलाई बंगलादेश र चीनमा निर्यात गर्न सकिन्छ : महामन्त्री थापा

मंगलबार, साउन २९, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली दुग्ध किसानले उत्पादन गरेको दूध बंगलादेश र चिनियाँ बजारमा निर्यात गर्न सकिने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद थापाले नेपाली दुग्ध किसानको समस्या हल गर्न कृषि मन्त्री राधेश्याम अधिकारी र उद्योग मन्त्री दामोदर भण्डारीलाई सुझाव दिँदै यस्तो बताएका हुन् ।‘हाम्रो निजी साथीहरूले जुन मिहिनेत गर्नु भएको छ, यसका लागि कृषि मन्त्री र उद्योग मन्त्रीले थोरै पहल गरेर निर्णय गर्ने हो भने हाम्रो दूधका लागि बजार खुल्छ,’ उनले भने ।

उनका अनुसार नेपाली किसानले दूध बढी उत्पादन गरेको बेलामा बंगलादेश र चीनमा निर्यात गर्न सके किसानहरूले मूल्य धेरै पाउन सक्ने छन् । यसका लागि दुवै जना मन्त्रीले थोरै ध्यान दिन सके यो काम सम्भव रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्