Nic Ad Nic Ad
Nic Ad Nic Ad

सार्कका विविध पक्षबारे छलफल

मंगलबार, साउन २९, २०८१

काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विविध पक्षबारे परराष्ट्र मन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ । 

परराष्ट्र मन्त्री आरजु राणा देउवासँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले जनाएको छ । सार्कको अध्यक्षका रूपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्र मन्त्रीका रूपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हालेकोमा मन्त्री राणाप्रति बधाई ज्ञापन गरे । 

भेटका अवसरमा उनीहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्