Nic Ad Nic Ad
Nic Ad Nic Ad

दलहरूको चुरीफुरीले जनतामा निराशा बढ्यो : माओवादी नेता शाही

मंगलबार, साउन २९, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले राजनीतिक दलहरूको चुरीफुरीले जनतामा निराशा बढेर गएको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले जनतामा रहेको निराशा आक्रोश र आवेगमा बद्लिन सक्ने खतरा रहेको बताएका हुन् । जनतामा रहेको निराशाको सम्बोधन गर्ने विषयलाई सबै राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

‘देशमा राजनीतिक दलहरूको हालीमुहाली अर्थता चुरीफुरी यहाँ चलिरहेकै छ । नेपाली जनताको हो निराशा लामो समय निराशामा रहिरहन अवश्य पनि सक्दैन । युवाहरूमा देखिएको निराशा भोलि आक्रोशमा बदलियो भने यो देशको हविगत के होला ? एक पटक सबै दलहरूले यो विषयमा गम्भीर चिन्तन मनन गर्नुपर्ने आजको आवश्यकता देखिन्छ, उनले भने ।’

साथै, उनले अहिले सबै राजनीतिक दलमाथि अविश्वास पैदा भइरहेको बताए । सत्ताको नेतृत्व गरिराखेका दलहरूले यो विषयलाई गम्भीरतापूर्वक नलिएर समाधान नखोज्ने हो भने देश दुर्घटनातिर जाने खतरा बढेको नेता शाहीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्