Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारी वकिलहरूसँग ओलीले भने- फोटो टाँस्न मात्रै प्रधानमन्त्री भएको होइन

मंगलबार, साउन २९, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

मंगलबार महान्यायधिवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरूको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा विभिन्न देशले चासो व्यक्त गरिरहेको बताए । उनले सफलतासाथ त्यसलाई निष्कर्षमा पुर्‍याउने पनि बताए ।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक सदनमा पेस भएको भन्दै यही अधिवेशनबाट पारित गर्ने पनि जानकारी दिएका छन् ।

ओलीले उक्त विधेयक पीडितमैत्री र पीडित केन्द्रित भएर बनाइएको भन्दै कोशेढुङ्गाका रुपमा पारित हुने धारणा राखे । त्यस्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सामाजिक मूल्यमान्यता तोड्ने प्रयास भइरहेको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्