Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुन-कुन स्थानीय तहमा उपनिर्वाचन हुँदैछ ? (सूचीसहित)

मंगलबार, साउन २९, २०८१

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको थियो । 

samridhi jewllers

गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको आयोगले जनाएको छ ।उपनिर्वाचन हुने स्थानीय तह

यस्तै स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम यसरी रिक्त रहेका पदको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनबाट रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको आयोगका प्रवक्ता सहसचिव रघुराम विष्टले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार