Nic Ad Nic Ad
Nic Ad Nic Ad

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

बुधबार, साउन ३०, २०८१

काठमाडौँ- संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै छ । बैठक बिहान सवा ११ बजे सिंहदरवारस्थित समितिको कार्यकक्षमा बस्नेछ । 

बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्