Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगर क्षेत्रभित्रका नदीको दायाँ बायाँ भवन निर्माण गर्न निषेध 

बुधबार, साउन ३०, २०८१

काठमाडौं- काठमाडौं महानगर क्षेत्रभित्रका नदीको दायाँ बायाँ भवन निर्माण गर्न निषेध गरिएको छ । महानगरपालिकाले एक सुचना जारी गर्दै नदीको दायाँ बायाँ भवन निर्माण गर्न निषेध गरेको हो । 

त्यसैगरी महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्सावाट कायम रहेको छेउवाट दायाँ बायाँ छोड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने, बागमती नदी र तिनका सबै सहायक नदीमा मलमुत्रयुक्त प्रदूषित पानी नपठाउने, निजी तथा सरकारी घर तथा स्वामित्वको व्यवसायिक भवन, कार्यालयको खुला क्षेत्रमा सोकपिट बनाई भूमिगत जलस्रोत पुनःभरण गर्ने, नदीहरूमा कुनै किसिमका फोहोर नफाल्न समेत सुचनामा भनिएको छ । 

सूचनाको उल्लङ्घन गरी कसैले कुनै कार्य गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने समेत बताइएको छ । उक्त कार्यहरू भए/नभएको नियमित अनुगमन काठमाडौँ महानगरपालिका र मातहतका वडा कार्यालयवाट हुने जनाइएको छ । 


454738926_819968173644070_855660813126884652_n-1723606405.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्