Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोर्चुगलमा राहदानी घुम्ती सेवा, करिव चार हजार नेपाली लाभान्वित

बुधबार, साउन ३०, २०८१

काठमाडौं– पोर्चुगलमा नेपाल सरकारले घुम्ती राहदानी शिविर सञ्चालन गरेको छ ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा २ अगस्ट देखि १३ अगस्ट २०२४ सम्म राहदानी नवीकरण घुम्ती सेवा सञ्चालन गरेको हो ।

पोर्चुगलमा हाल ५० हजारभन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन् । घुम्ती सेवाबाट ३ हजार ८२९ जना नेपालीले राहदानी नवीकरण सेवा लिएका छन् । जसमा १२१ जना नाबालक, ३ हजार ३८० नवीकरण र हराएका ३२८ छन् ।

राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५८० यूरो (नेपाली ७ करोड २० लाख ११ हजार ५५४ रुपैयाँ) राजश्व सङ्कलन भएको छ ।

घुम्ती सेवाको व्यवस्थापन गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थाहरूले सहयोग गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्