Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

बुधबार, साउन ३०, २०८१

चितवन- पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्