Nic Ad Nic Ad
Nic Ad Nic Ad

अध्यक्ष ‘प्रचण्ड’सँग अस्ट्रेलियन राजदूत भोल्कले गरिन् बिदाइ भेट

बुधबार, साउन ३०, २०८१

काठमाडौँ- नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेकी छिन् ।

अध्यक्ष प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमलटारमा भेट गरेकी हुन् । भेटको अवस‌रमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्‍याउन सफलता मिलेकोमा बधाई दिँदै नेपालको अन्तराष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीको कार्यकाल धेरै नै सफल र उत्कृष्ट भएको बताइन् ।

सो क्रममा अध्यक्ष ‘प्रचण्ड’ले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्