Nic Ad Nic Ad
Nic Ad Nic Ad

संविधान संशोधनमा दुई तिहाइको बल प्रयोग गर्दैनौँ : प्रधानमन्त्री

बुधबार, साउन ३०, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताअनुसार संविधान संशोधन गर्ने बताएका छन् । प्रतिनिधि सभामा उनले संविधान आफूहरूले बनाएको भन्दै संशोधन गर्दा प्रतिगमन नहुने तर्क गरे ।

‘हामीले कठिन स्थितिमा संविधान निर्माण गरेका हौँ । त्यसैगरी संविधान संशोधन गर्छौँ । संविधानप्रति कसैलाई माया लागेको कसैलाई नलागेको छँदै छैन भन्ने होइन । हामीले मिलेर संविधान बनाएका हौँ । मिलेर कार्यान्वयन गर्छौँ’, प्रधानमन्त्रीले भने ।उनले संविधान संशोधन सहमतिको साथ गर्ने बताए ।

ओलीले भने भने, ‘दुई तिहाइ त यसै पनि चाहिन्छ । तर, जसोतसो दुई तिहाइ पुर्‍याऔँ भन्ने होइन । संविधानको स्वस्वीकार्यतालाई ध्यानमा राखेर अघि बढ्छौँ । आवश्यकताअनुसार परिमार्जन गर्नुपर्छ ।’

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्