Nic Ad Nic Ad
Nic Ad Nic Ad

शान्ति प्रक्रियामा साथ दिएका राजालाई आज सम्झनुपर्थ्यो : राजेन्द्र लिङ्देन

बुधबार, साउन ३०, २०८१
samridhi jewllers

काठमाडौ -राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने दिन दलहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्मरण नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।


बुधबार प्रतिनिधिसभा बैठकमा लिङ्देनले राजाले राजगद्दी त्यागेर शान्ति प्रक्रियालाई साथ दिएको दाबी गर्दै राजाको योगदान नभुल्न आग्रह गरे। शान्ति प्रक्रियामा योगदान पुर्‍याएबापत दलहरूले राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो भन्दै उनले पूर्वाग्रही नबन्नसमेत दलका नेताहरूर्लाइ आग्रह गरे।

‘शान्ति प्रक्रियाको कुरा गर्दा  र हामी एकले अर्कालाई जस दिने, धन्यवाद दिने कुरा गर्दाखेरि म दलहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, जनयुद्ध भन्नुस् विद्रोह भन्नुस्, त्यसको नेतृत्व गर्ने नेता स्वयंले भन्नुभयो– वास्तवमा यो हारजितमा टुंगिएको विद्रोह होइन । यो सम्झौताबाट टुंगिएको हो । त्यो सम्झौताको एउटा पक्ष राजालाई तपाईंहरूले आज सम्झनुपर्थ्यो। राजा  जसले राजगद्दी छोड्न तयार भयो र शान्ति प्रक्रियालाई साथ दियो । आज सम्झनुपर्छ, त्यति पूर्वाग्रही बन्नुहुन्न भन्ने ठान्छु म । यो शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि राजाको योगदान छैन ? राजालाई सम्झनुपर्ने होइन ? दलहरूले त राजालाई यो शान्ति प्रक्रियामा योगदान पुर्‍याएबापत नोबेल पुरस्कारको लागि सिफारिस गर्नुपर्थ्यो,’ लिङ्देनले भने ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्