Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई दलीय व्यवस्था सहँदैनौँ, आउन पनि दिँदैनौँ : माधव नेपाल

बुधबार, साउन ३०, २०८१

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा शान्ति प्रकृया निष्कर्षमा पुर्‍याउन आफ्नो पनि योगदान रहेको भन्दै कमजोर नठान्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री नेपालले शान्ति पक्रियालाई यहाँसम्म ल्याउन ठूलो योगदान गरेको बताए । सानो सुखले यो अवस्था आइनपुगेको भन्दै कमजोर आँक्न नहुने नेपालले बताए ।

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन । मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने, ‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो, त्यसमा हामी सहभागीलाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन् ।’

नेपालले संविधान संशोधनको कुरामा मध्यराति हस्ताक्षर गरेको भन्दै नेपालमा दुई दलीय व्यवस्था आउन नदिने बताए ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्