Nic Ad Nic Ad
Nic Ad Nic Ad

भदौ ४ गते विश्वासको मत लिने मुख्यमन्त्री आचार्यको तयारी

बुधबार, साउन ३०, २०८१

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् ।

लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव सचिवालयले जनाएको छ । 

साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले र काँग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र काँग्रेसका चार जना मन्त्री नियुक्त छन् । सरकारलाई पूर्णता दिन अझै बाँकी छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्