Nic Ad Nic Ad
Nic Ad Nic Ad

१०औँ राष्ट्रिय खेलकुदको कार्यविधि तयार

बुधबार, साउन ३०, २०८१

काठमाडौँ- कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ ।

बुधबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टंकलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुंगो लगाएको हो ।कार्यविधिमा खेलाडी, प्रशिक्षक,अफिसियल र रेफ्रिको पोसाक, खेल सामाग्री,व्यवस्थापकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागु हुने नीति नियमको बारेमा छलफल गरिएको हो ।

यसमा प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य गर्ने समेत गर्नेछ ।

कार्यविधिले हालको अवस्थालाई हेरी कार्यविधि बनाएको हो । यसै अनुसार बजेटको खाका बनाउनु पर्ने हुँदा कार्यविधिको कामलाई सकिएको राखेपले जनाएको छ ।

आउँदै गरेको १० औँ राष्ट्रिय खेलकुदको १०० दिनको काउन्ट डाउन सुरु भइसकेको छ। 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्