Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेख हसिनाविरुद्ध व्यक्ति हत्याको अर्को मुद्दा दर्ता

बुधबार, साउन ३०, २०८१

काठमाडौँ- बांङ्लादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप अर्को मुद्दा दर्ता भएको छ । 

राजधानी काफ्रुल क्षेत्रको ढाका मोडल डिग्री कलेजका १८ वर्षीय विद्यार्थी फैजुल इस्लाम राजोनलाई गोली हानी हत्या गरेको आरोपमा हसिनाविरुद्ध मुद्दा दर्ता भएको हो । बांङ्लादेशका सञ्चारमाध्यमका अनुसार हसिनासहित २४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। हसिनाविरुद्ध दुई दिनमा दायर भएको यो तेस्रो मुद्दा हो।

बुधबार राजोनका भाइ ३२ वर्षीय राजीवले ढाका महानगरीय मजिस्ट्रेट अहमद हुमायुन कबीरको अदालतमा मुद्दा दायर गरेका थिए । 

अदालतले बयान स्वीकार गर्दै काफ्रुल प्रहरी चौकीलाई पहिलो सूचना प्रतिवेदन (एफआईआर) का रूपमा मुद्दा दर्ता गर्न निर्देशन दिएको छ । 

यसअघि सन् २०१५ मा उत्तराबाट सर्वोच्च अदालतका एक वकिललाई जबरजस्ती बेपत्ता पारेको आरोपमा शेख हसिना र अन्य चारजनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

मंगलबार अबु सइद नामका किराना पसल मालिकको हत्याको आरोपमा हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दायर गरिएको थियो।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्