Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बुधबार, साउन ३०, २०८१

काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा सकिएको छ ।

बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा भएको झाविरुद्धको मुद्दाको पेशी गरेको थियो। उनीविरुद्धको मुद्दा बुधबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा सकिएको हो। अब भोलि बिहीबार पुनः सुनुवाइ हुनेछ । थुनछेक बहस सकिएपछि साधारण तारेख तथा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश आउने छ।जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको प्रतिवेदनको आधारमा मंगलबार काठमाडौं जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर भएको थियो।

झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको छ । ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ ।

भारतीय समेत नागरिकता रहेको दाबी गरिएको झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ छ । ६६ वर्षीय झाले भने आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै आफूलाई केही जानकारी नभएको बयान दिएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्