Nic Ad Nic Ad
Nic Ad Nic Ad

१४ उपसचिवको सरुवा, को कहाँ ?

बुधबार, साउन ३०, २०८१

काठमाडौँ-१४ जना उपसचिवहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार(हिजो)को निर्णयमा विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोद कुमार दाहालको विद्युतीय सुशासन आयोगमा सरुवा भएको छ । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विजय शर्माको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोगका उपसचिव माधवराज मरासिनीको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव हेम राज भुसालको राष्ट्रिय महिला आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव नीता शर्माको रक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालयमा दरबन्दी रही महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत रत्नेश शशिको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह(बरन्डा)मा रहेका उपसचिवहरू रविन ढकालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामहरी पाण्डेको राष्ट्रिय योजना आयोग, छविलाल पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ । 

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत फणिन्द्र प्रसाद पौडेलको रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दरबन्दी रही मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा काजमा रहेका हरि पंगेनीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ईश्वरी प्रसाद ढकालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव सुरेश राज जोशीको गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कृष्ण प्रसाद चापागाईँको गृह मन्त्रालयमा सरुवा भएको विवरण प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ । 

यसरी सरुवा गरिएकामध्ये कतिपय अवधि पुगेका छन् भने कतिपय रिक्त रहेको स्थानमा र कतिपय सरुवा भएका मन्त्रालयका अधिकारीहरूको सिफारिस अनुसार रहेको विशेष स्रोतको भनाई छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्