Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसदका दुई संयुक्त समितिमा सभापति चयन आज

बिहीबार, साउन ३१, २०८१

काठमाडौँ - सङ्घीय संसद्को दुई संयुक्त समितिमा आज सभापति चयन हुने भएको छ ।  यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।


राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी परेको छ भने संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

दुवै समितिको बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्