Nic Ad Nic Ad
Nic Ad Nic Ad

अब सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू हुने

बिहीबार, साउन ३१, २०८१

काठमाण्डौ – सरकारले सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सर उपचार सेवाको पहुँच विस्तार गर्न थप पाँच वटा प्रदेशमा सेवा शुरू गर्ने निर्णय गरेको हो । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हिजो क्यान्सर उपचार सेवा विस्तार कार्यविधि २०८१ स्वीकृत गरेका छन् । 

यो निर्णयसँगै चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अरू ठाउँमा पनि क्यान्सर उपचार सेवा विस्तार गर्नेछन् ।

भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा दिनेछ । यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।

मन्त्री पौडेलले आमनागरिकले सहज तरिकाले क्यान्सर उपचार पाउने गरी सेवा विस्तारको कामलाई प्राथमिकता दिइएको बताए।
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्